ओलीलाई मेयर शाहकाे जवाफ : ‘सुकुम्वासी तपाईंलाई भाेट बैंकमात्रै रहे’

 मंसिर १३, २०७९ मंगलबार १९:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई प्रतिप्रश्न गर्नुभएकाे छ । आज मङ्गलवार एक कार्यक्रममा ओलीले बाग्मती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति टिप्पणी गर्नुभएकाे थियाे । त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्नुभएकाे हाे । 

मेयर शाहले फेसबुकमा लेख्नुभएकाे छ, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुरामा प्रयोग गर्नुभयो ।

 सम्बन्धित समाचार

मेयर शाहले जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए आफ्नाे नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? भनेर ओलीलाई प्रश्न पनि गर्नुभएकाे छ । अब परिस्थिति फेरिएको बताउँदै उहाँले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • baburam Bashyal

    Nov. 29, 2022, 8:56 p.m.

    Baken ur great and true guy and ur brave and honest too.Millions of people observing your great work go ahead keep it up we solute your mission.

  •  0 Reply

तपाईको प्रतिक्रिया