जनकपुरधाममा एउटै समारोहमा २६ जोडीकाे विवाह

 मंसिर १४, २०७९ बुधबार ८:५२:३२ | रासस
unn.prixa.net

धनुषा – जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न हिजाे विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् । 

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।

जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ । यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठितरुपमा हुने आयोजकको भनाइ छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • राम कृष्ण पुडासैनी

    Nov. 30, 2022, 9:09 a.m.

    यो त अति उत्तम उत्कृस्ट भन्दा पनि महा उत्कृष्ट काम भयो नेपालै भरी एस्तै प्रकार ले बिवाह भय देखि दाइजो प्रथा उन्मुलन मा सहयोग हुने थियो

  •  0 Reply

तपाईको प्रतिक्रिया