आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर, २६ कराेड ७५ ...
मंसिर ९, २०८१ आइतबार
साेलुखुम्बु – सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।
महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको त्याे योजना अवरुद्ध भएसँगै त्यस क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् ।
बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरुलाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत वञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताउनुभयो ।
मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताउनुभयो । “बिग्रिएको मेसिन मर्मत गर्न काठमाण्डाै पठाएका छौँ, ढिलोमा एक हप्ताभित्र सेवा पुनः सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।