२ वटा मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - दोलखामा आज पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो ।
वैतेश्वर गाउँपालिका वडा नं. ६ को वैतेश्वर माध्यमिक विद्यालय, वैतेश्वर गाउँपालिका वडा नं. २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र गरी ७ वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वच्छ, निष्पक्ष हुन नसकेको आयोगले ठहर गरेको छ ।
ती केन्द्रमा मंसिर ४ मा भएको मतदान रद्द गरिएको छ । आजको मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत् जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइएको छ ।
यसैबीच, बाजुरामा आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन बैठक बस्ने र गणना थाल्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो । मतगणना रोकिएको स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।