सुनसरी–४ मा कांग्रेसका कार्कीलाई ३९ मतले उछिन्दै एमालेका कुसियैत अगाडि

 मंसिर १५, २०७९ बिहिबार ७:२०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ ।

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई ३९ मतले उछिन्दै एमालेका कुसियैतले अग्रता लिनुभएको छ ।

एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९३१ र कांग्रेसका कार्कीले २९ हजार ८९२ मत प्राप्त गर्नुभएको छ । अब गन्न बाँकी मत एक हजार ३५८ मात्रै रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया