स्याङ्जा २ मा धनराजकाे अग्रता कायमै, एमालेकी अर्याल २ हजार मतले पछि

 मंसिर १५, २०७९ बिहिबार १६:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जाकाे निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएकाे छ । 

पछिल्लाे मतगणनाअनुसार गुरुङ दुई हजार छ मतले अघि हुनुहुन्छ । उहाँले सात हजार चार सय ७६ मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले पाँच हजार चार सय ७० मत ल्याउनुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार एक सय ५३ मत पाउनुभएकाे छ । 

यसैगरी प्रदेश सभा (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइ रहनुभएको छ । अर्यालले आठ हजार दुई सय ५१ मत प्राप्त गर्दा एमालेका माेहन रेग्मीले छ हजार एक सय ७० मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया