भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

 मंसिर १६, २०७९ शुक्रबार ११:३८:१७ | एजेन्सी
unn.prixa.net

भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो ।

भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।

अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंङ्कको भनाइ छ । विप्रेषण वा आप्रवासी कामदारबाट हुने कमाइ घरमा रहने परिवारका लागि महत्त्वपूर्ण स्रोत पनि हो ।

पछिल्ला वर्षहरूमा भारतीय नागरिक अमेरिका, बेलायत, सिङ्गापुरलगायतका विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन् । रेमिट्यान्सको यो रकम भारतमा कुल ग्रार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हो । विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रकममा गएको वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुँदा एक सय अर्ब डलर नाघेको प्रतिवेदनमा उल्लेख छ ।

उच्च रेमिट्यान्स भित्र्याउने अरु देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स पनि रहेका छन् । दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंङ्कले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया