आईएमई पेको डिशहोम नकआउट ३०० अफर, सहुलियतमा वर्ल्ड कप प्याकेज

 मंसिर १६, २०७९ शुक्रबार २०:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत डिशहोमको वर्ल्ड कप प्याकेज मात्र तीन सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सकिने छ । 

सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नुपर्ने हुन्छ । जसमार्फत वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य पाँच सय ६५ तिर्दा दुई सय ६५ रुपैयाँ क्यासब्याक स्वरूप फिर्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।  

यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो तीन सय जना ग्राहकले मात्र याे प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया