दाेलखा : मतान्तर घटाउँदै एमालेका शिवाकाेटी, कार्की ४ सय ८६ मतले अगाडि

 मंसिर १९, २०७९ सोमबार ८:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाेलखा - प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । 

सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ । हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो ।

आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको थियो । तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणामअनुसार कार्कीले ३६ हजार २ सय ९१ मत पाउनु भएको छ ।  शिवाकोटीको ३५ हजार ८ सय ५ मत छ । उहाँहरुबीच ४ सय ८६ मतान्तर रहेको छ । फेरि शिवाकाेटीले मतान्तर घटाउँदै लैजानु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया