१९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

 मंसिर १९, २०७९ सोमबार १३:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले नटआउट ३९, दीपक बोहराले २५ र अनुराग सिंहले २२ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहराले पाँच  विकेट लिए ।

हेमन्त धामीले र नरेन साउदले दुई/दुई तथा आकास चन्दले एक विकेट लिए । विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया