चितवनमा पुलबाट ट्रक खस्दा एक जनाकाे ज्यान गयाे

 मंसिर २०, २०७९ मंगलबार ९:५६:३ | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन - नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।

दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिनुभयो । उहाँले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताउनु भयाे । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया