सुनसरीकाे इनरुवा नगरपालिकाले भत्काउन थाल्याे अतिक्रमित संरचना

 मंसिर २०, २०७९ मंगलबार १३:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । 

३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरका मेयर केदार भण्डारीसहितको नगरपालिकाको टाेली नै डोजर लिएर सडकमा निस्किएको हो ।

मङ्गलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा मेयरले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाउनुभएको हो ।

व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुग्नुभएका नगरका मेयर केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रिनुपरेको बताउनु भयो ।

उहाँले बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेपछि संरचना भत्काउनु परेकाे बताउनु भएकाे छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया