नेता, कार्यकर्तामाथिकाे मुद्दा खारेज गरि रिहाइ गर्न सरकारलाई विप्लव नेतृत्व नेकपाकाे दबाब

 मंसिर २०, २०७९ मंगलबार १४:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरि तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ ।

आज मङ्गलवार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले यस्तो दबाब दिनुभएको हो । देश चुनावकाे परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ । वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनुभयो । 

गृहमन्त्री खाणले पनि याे समस्या समाधान गर्न सरकार इमानदार र प्रतिबद्ध रहेको बताउनुभएको थियो । गृहमन्त्रीसँगको भेटपछि न्युज एजेन्सी नेपालसँग सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘सरकार र हामीबीच भएको सहमतिलाई छिटोभन्दा छिटो रिजल्टमा उर्तानुस् भनेर हामीले भनेका छौँ । सरकारले यसप्रति इमानदार र प्रतिबद्ध भएकाे बताएकाे छ । आजकाे वार्ता सकारात्मक छ । सरकारले छिटो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ । किन भने धेरै पटक सहमति पनि भएको छ । मन्त्रिपरिषद्ले नै नेकपा र सरकारकाे बीचमा भएकाे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेपछि हामीले त्यसलाई फाइनल गर्नुस् भनेकाे हाे ।’

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरि नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर त्याे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया