फिस्लिङमा जीप र माेटरसाइकल ठाेक्किँदा जर्मन नागरिककाे ज्यान गयाे

 मंसिर २२, २०७९ बिहिबार १३:५८:२८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनकाे इच्छाकामना गाउँपालिका फिस्लिङमा पिकअप गाडी (जीप) र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जर्मन नागरिककाे ज्यान गएको छ । ज्यान गुमाउनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् । आज बिहीवार बिहान सवा १० बजे फिस्लिङमा रहेकाे पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । नारायणगढबाट काठमाण्डाै जाँदै गरेको ना ४१ प ५४८ नम्बरकाे मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च १६८२ नम्बरकाे पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुवै गाडी सडकबाट ५० मिटर तल खसेका छन् ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनका नागरिकको ज्यान गएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था सामान्य रहेको छ ।

पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेका कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया