ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा– आँखाका रोगी बढेको पाइएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक आँखाका रोगी अस्पताल आउने क्रम बढेको केन्द्रका इन्चार्ज टिका राईले बताउनुभयो ।
धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको हो । ‘८–९ वर्षअघि देखिको तथ्याङ्कलाई विश्लेषण गर्दा पछिल्लो समय आँखाको समस्या निकै बढेको देखिन्छ’, राईले भन्नुभयो ।
आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा लाग्ने समस्या लिएर आउने बिरामी धेरै छन् । ओखलढुंगा सामुदायिक आँखा केन्द्रमा २०७४ पुसदेखि २०७५ असार मसान्त सम्ममा २ हजार ७ सय ४३ जनाले आँखा उपचार सेवा लिएका छन् । यो संख्या अघिल्ला वर्षको तुलनामा एक तिहाइ नै बढी हो ।
ओखलढुंगामा आँखा रोगको समस्या विकराल भन्दै गएको एक तथ्याङ्कले देखाएको छ । तिलगंगा आँखा प्रतिष्ठानले गरेको एक अध्ययानले ओखलढुंगामा कुनै न कुनै किसिमका ४५ हजार ५ सय १८ जना आँखाका रोगी रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।