कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको ज्यान गयो

 मंसिर २५, २०७९ आइतबार १२:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वीबहादुर नगरपालिका–५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उहाँको उपचारका क्रममा बयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । रतला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया