शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

 मंसिर २७, २०७९ मंगलबार १९:४:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताउनुभएको छ । मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । 

काठमाण्डौ महानगरपालिका ४ को बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्न चाहन्छु । देशको सर्वाङ्गीण विकासका लागि शिक्षालाई मूल पूर्वाधारको रूपमा लिइन्छ । तसर्थ हाम्रो देशमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्दछ ।’

त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरि त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेकोसमेत बताउनुभएको थियो ।

कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इतिहासमा शिक्षा समाजको दायित्व रहेको भन्दै समाजमा योग्य र दक्ष जनशक्तिको निमित्त विद्यालयको स्थापना गरिएको बताउनुभयो ।

उहाँले सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीले मन दुखाउनुपर्ने अवस्था निर्माण भएको भन्दै सरकारले लगानी गरेका विद्यालयमा विद्यार्थीको तँछाडमछाड हुनुपर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सार्वजनिक विद्यालयमा भर्ना हुन पाउँदा गर्व गर्नुपर्ने भन्दै उहाँले तर त्यस्तो हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया