चितवनमा २ दिनमा २ वटा गैँडा मृत फेला

 मंसिर २९, २०७९ बिहिबार २०:२:२९ | रासस
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधवार र आज बिहीवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ बजेर ५५ मिनेटमा राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उहाँले बताउनुभयो । गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै हिजाेयही क्षेत्रको कुजौली रेन्जर पाेस्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृत अवस्थामा भेटिएको छ । हिजाे बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत अवस्थामा फेला पारेको उहाँले जानकारी दिनुभयो । बाघको आक्रमणमा परि मरेको अनुमान गरिएको छ । त्याे केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । 

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/०८० मा पाँच वटा गैँडा मरेका छन् ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया