आजदेखि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सुरु

 पुस १, २०७९ शुक्रबार ११:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय आप्रवासी  श्रमिक दिवस सप्ताह आजदेखि सुरु भएको छ ।

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस आज अर्थात् १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरी दिवस सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

दिवसकै अवसरमा आजै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनएकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै छ ।

यस्तै आजै मानव अधिकारका लागि जनमञ्च (पिपल फोरम)ले पीडित सुनुवाई कार्यक्रम गर्दै छ भने कानुन न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जनचेतना जगाउने कार्यक्रम भक्तपुरको च्यामासिंहमा गर्दै छ । अम्कास नेपालले पनि ‘ग्यालरी सो’ कार्यक्रम गरिरहेका छ ।

यस्तै १७ डिसेम्बरका दिन कानुन  न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले आप्रवासी श्रमिकहरू सम्बन्धी पर्चा वितरण गर्ने कार्यक्रम भक्तपुरको बालकोटमा गर्दै छ भने १८ डिसेम्बरमा प्रवासी नेपाली समन्वय समितिले माइतीघर मण्डलामा मैनबत्ती बालेर वैदेशिक रोजगारीमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै छ । 

१८ डिसेम्बरकै दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल लेबर माइग्रेसन रिपोर्ट जारी गर्दै छ ।

१९ देखि २१ डिसेम्बरमा समितिले ज्याला चोरी र वैदेशिक रोजगारी रहेका श्रमिकको सामाजिक सुरक्षाको विषयमा प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दै छ । 

२० डिसेम्बरका दिन पौरखी नेपालले महिला श्रमिकका विषयमा अन्तरक्रिया गर्दै छ भने २१ डिसेम्बरमा अम्कास नेपालले ज्याला चोरीको विषयमा ज्ञापन पत्र बुझाउँदै छ ।

यस्तै २२ डिसेम्बरका दिन पिपल फोरमले नै मिडिया प्यानल डिस्कसन गर्दै छ । यसै दिन पौरखी नेपाल र ओरेक नेपालले पनि  कार्यक्रम गर्दै छन् । 

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठुलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया