प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

 पुष ३, २०७९ आइतबार १७:२३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आउँदो प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । 

आज आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले आउँदो प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गर्नुभएको हो । संसदीय प्रणालीमा सङ्ख्याको खेल हुने भन्दै उहाँले देउवासँग सांसदको धेरै सङ्ख्या रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै सङ्ख्या पनि हामीसँगै छ ।’

उहाँले पार्टीका अन्य नेताहरूले संसदीय दलको नेतामा आकाङ्क्षा राख्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको जिकिर पनि  गर्नुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Itaram bhandari

    Dec. 18, 2022, 7:31 p.m.

    आरजुजी तपाइंले भन्दैमा मान्नुपर्ने हो ?? अझै राणा शासन छ तपाईंमा ....के यस्तै खोजेको हो र अहिले पनि नागरिकले ??

  •  0 Reply

तपाईको प्रतिक्रिया