संसदीय दलकाे नेता चयनपछि प्रधानमन्त्रीकाे बारेमा छलफल : माओवादी केन्द्र

 पुष ३, २०७९ आइतबार १८:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका निर्वाचित सांसदको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएकाे छ ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताउनुभएको हो । संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भए पनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासङ्गत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले त्यसबारे संसदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताउनुभयो । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उहाँले गठबन्धन रहि नै रहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया