इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ यही पुस ७ गते अर्थात् आउँदो बिहीवार हुने भएको छ । पुस ७ गते दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सांसदको शपथ ग्रहण हुने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फका एक सय ६५ र समानुपातिकका एक सय १० गरी दुई सय ७५ जना सांसदको शपथ एकै पटक हुनेछ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने र उनै ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथ ग्रहण गराउनुपर्ने कानुन रहेको छ । नागरिकताका आधारमा माओवादी केन्द्रका ८१ वर्षीय सांसद महिन्द्रराय यादव नै सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ । तर उहाँले आफ्नो उमेर कम भएको दाबी गर्दै आउनुभएको छ ।
२०७४ सालको प्रतिनिधि सभा सदस्यलाई महन्थ ठाकुरले शपथ ग्रहण गराउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यस पहिले नै सांसदको शपथ हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।