वैदेशिक रोजगारीमा गएका १६ नेपाली श्रमिक कोमामा, सबैभन्दा धेरै कतारमा

 पुस ४, २०७९ सोमबार १५:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका १६ जना नेपाली श्रमिक कोमा (बेहाेसीकाे गहिराे अवस्था)मा रहेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन ‘नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२’ ले दुई महिला र १४ पुरुष गरी १६ जना नेपाली श्रमिक कोमामा रहेको देखाएको छ ।

तीमध्ये १२ जना कतारमा मात्रै कोमामा छन् । त्यहाँका विभिन्न अस्पतालमा अचेत अवस्थामा उनीहरु रहेका छन् । बेलाबेला सरकारले उद्धार गरेर नेपाल ल्याउने गरे पनि प्रक्रिया पूरा नभएका वा थप उपचारको आवश्यकता भएकाहरुलाई उतैका विभिन्न अस्पतालमा राखिएका छन् । 

कतारमा सन् २०२० देखि नै ११ जना नेपाली श्रमिक कोमामा रहेकोमा २०२१ मा एक जना थपिएर अहिले संख्या १२ पुगेको छ । जसमध्ये एकजना महिला रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै साउदी अरबमा पनि सन् २०२० मा एक महिला र तीन पुरुष गरी ४ जना कोमामा थिए । अहिले साउदीमा २ जना मात्र कोमामा रहेका छन् । यस्तै ओमानमा एक जना महिला श्रमिक र दक्षिण कोरियामा एक जना पुरुष श्रमिक कोमामा रहेका छन् ।

गन्तव्य देशमा कोमामा रहेका वा सघन उपचार गराइरहेका श्रमिकको उद्धार गर्न कठिन हुने वैदेशिक रोजगार बोर्डको भनाइ छ । यसको लागि एअरलाइन्समा विशेष सिटको व्यवस्थादेखि नेपाल ल्याएर कहाँ राख्ने, परिवारले जिम्मेवारी लिन सक्ने कि नसक्ने लगायतका कुराले उद्धारमा समस्या रहेको बोर्डले बताउने गरेको छ ।

तर पनि गैरसरकारी संस्थाकाे सहयाेग, विदेशमा रहेका नेपाली श्रमिक सञ्जाल, संघसंस्था, एनआरएनए र नेपाली नियाेसँगको सहकार्यमा सरकारले त्यस्ता श्रमिकहरुलाई उद्धार गरेर नेपाल ल्याउने गरेको छ । गएको साउनमा मात्रै साउदीबाट कोमामा रहेका एकजनालाई नेपाल ल्याइएको थियो । 

वैदेशिक राेजगारीले काेमामा पुर्‍याएका श्रमिकका कथा पढ्नुहाेस् :


अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया