कांग्रेस संसदीय दलकाे नेताकाे चुनाव बुधवार

 पुस ४, २०७९ सोमबार १७:१७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न आउँदाे पुस ६ गते बुधवार बिहान चुनाव गर्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन समितिले बुधवार बिहान ८ बजेदेखि सुरु गर्ने गरी चुनावको मिति तोकेको हो ।

हिजो आइतवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले आजै मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधि सभाका सांसद मतदाता हुने व्यवस्था छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा मात्रै उम्मेदवार बन्दा संस्थापनबाहिरको पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा जाने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया