प्रधानमन्त्रीद्वारा 'मेमोरी किङ' शर्मालाई बधाई तथा शुभकामना

 पुष ४, २०७९ सोमबार २०:५:५८ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले 'मेमोरी किङ' का रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार भएको भेटमा देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आउँदा दिनमा थप सफलताको शुभकामना दिनुभयो । 

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले आफ्नो ध्यान, साधना र 'मेमोरी टेक्निक' हरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताउनुभएको छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीको पनि स्मरणशक्ति बढाइ शिक्षा क्षेत्रमा मद्दत पुर्‍याइरहनुभएको छ । 

शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियोे । ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गरेको छु’, शर्माले भन्नुभयो, ‘आउँदा दिनमा अझै विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु ।’ 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया