प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण : ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि

 पुस ५, २०७९ मंगलबार १२:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमवार पठाएको थियो ।  

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्नेछ ।  अन्य प्रतिनिधि सभाका सदस्यको शपथ ग्रहण भने पर्सि दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ ।

शपथ ग्रहण भाग लिने सांसदहरूले बिहान ११ बजे नै निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता र पासपोर्ट साइजका दुई वटा तस्बिर लिएर सम्मेलन केन्द्र पुग्नुपर्ने छ । साथै राष्ट्रिय पोसाक र आ–आफ्नो सांस्कृतिक पहिचान पोसाकमा आउन सांसदहरूलाई आग्रह गरिएको छ ।

आफ्नै मातृ भाषामा शपथ लिन चाहने सांसदले शपथकाे ब्यहोरा आफ्नो भाषामा अनुवाद गरेर लिएर जानुपर्ने छ । प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी कुल २७५ सदस्य  छन्। ज्येष्ठ सदस्यलाई  सभामुख पदमा निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया