चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको जिकिर गर्नुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष ओलीले सिट सङ्ख्याको आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलाे पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने बताउनुभयो । चुनावमा भएको घेराबन्दी, धाँधली र अफवाहलाई पराजित गरेर अहिले पाएको सफलता निकै ठूलो सफलता भएको ओलीको भनाइ छ ।
उहाँले आउँदा दिनमा एमालेले झन् ठूलो सफलता हात पार्ने र त्यसका लागि आजैदेखि जुट्न नेता/कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । ‘अपेक्षा गरे जसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौँ र उत्सव मनाइरहेका छौँ, किनकि हामी कस्तो अवस्थामा चुनाव लडेका थियौँ भन्ने सबैलाई थाहा भएकै छ’, ओलीले भन्नुभयो ।
एमालेलाई समाप्त पार्ने र दिउँसै टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेहरू नै चुनावमा पछारिएको भन्दै ओलीले चुनावको परिणामले एमाले कहिल्यै कमजोर हुँदैन भन्ने सन्देश दिएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।