भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – कांग्रेस संसदीय दलको मतदानका क्रममा केही सांसदहरुले फोटो खिचेको भन्दै गगन थापाले असन्तुष्टि जनाउनुभएको छ ।
संसदीय दलको नेताका उम्मेदवार थापाले मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको फोटो खिचेको देखेको बताउनुभयो । सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै थापाले असन्तुष्टि जनाउनुभएको हो । मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताए पनि सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समितिले मोबाइल बोक्न अनुमति दिएको थियो ।
‘मतदानका क्रममा १०/११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, थापाले भन्नुभयो, ‘अब फोटो खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्यो नि । मेरो अनुरोध छ, आफ्नो सामाजिक सञ्जालमा ती फोटो पोस्ट गरेर देखाइदिनुस् ।’
दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।