संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड

 पुष ७, २०७९ बिहीबार ९:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संसदीय दलको नेता चयनसँगै दलहरु नयाँ सरकार गठनको छलफलमा फेरि जुटेका छन् । धेरैजसो दलमा संसदीय दलका नेता सर्वसम्मत भएका छन् भने नेपाली कांग्रेसमा चुनावमार्फत् चयन गरिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज दलका नेतामा चुन्दै छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । दलका नेताको टुङ्गो लागि सकेकाले प्रधानमन्त्री र राष्ट्रपति पदका लागि दलहरुको दौडधुप बढेको छ । तर सत्ता गठबन्धन भित्रै शक्ति बाँडफाँटमा रस्साकस्सी देखिएको छ । सबैभन्दा ठूलो दल बनेको कांग्रेसले यी दुई पद आफैँसँग राख्ने तयारी गरेको छ । तर, माओवादीको पनि दाबी छ । यसले गर्दा कुरा मिल्न सकेको छैन ।

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने जनाएको छ । पर्ख र हेरको नीति अपनाएको एमालेले भने सत्ता गठबन्धन नभत्किएसम्म कसैसँग सहकार्य नगर्ने अडान लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आउँदो आइतवार १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया