नवनिर्वाचित सांसदको शपथ अघि सर्वदलीय बैठक सुरु

 पुस ७, २०७९ बिहिबार १२:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ । सङ्घीय संसद्को शंकर हलमा बैठक सुरु भएको हो ।

शपथ ग्रहण समारोहलाई व्यवस्थित बनाउन भन्दै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले  सर्वदलीय बैठक बोलाउनु भएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउँदै हुनुहुन्छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सांसदले पद तथा गोपनीयताको शपथ लिनेछन्  ।  

प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।

शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । हिजो ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् शपथ लिनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया