पोखरा विमानस्थलमा प्रदर्शन उडान

 पुस ७, २०७९ बिहिबार १६:३७:३२ | रासस
unn.prixa.net

कास्की – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुवात गरिएको छ । 

विमानस्थलमा आज बिहीवार यति एअरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ बजेर १५ मिनेटमा पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर २७ मिनेटमा अवतरण भएको जानकारी दिनुभयो ।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिकरूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आउँदो पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।

विमानस्थलमा बुद्ध एअरले पनि दिउँसो ३ बजेर ६ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया