मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा. सीके राउत

 पुस ७, २०७९ बिहिबार १५:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । 

अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविकरूपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । उहाँले मधेसमा नागरिककाे अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘हामीसँग राम्रो सङ्ख्या छ । हामी निर्णायक भूमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेसमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ ।’

अध्यक्ष राउतले नागरिकमुखी सेवा प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दा प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने उल्लेख गर्नुभयाे । कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने कुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने कुरामा आफू लाग्ने उहाँकाे भनाइ छ । 

अध्यक्ष राउतले आफ्नो दलको सीमित सङ्ख्याको भरमा सडक, संसद् र सरकारमा गएर नागरिकका माग र मुद्दा सम्बोधन गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २२, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया