पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव गरिने भएको छ ।
असोज २ गतेको प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले यसबारे जानकारी दिनुभएकाे हाे । कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय औपचारिक रुपमा प्रदेशसभा बैठकमा सोमबार प्रवेश गर्ने बताइएकाे हाे।
उहाँले प्रदेशसभा बैठकले गठन गरेको राजधानी अध्ययन विशेष समितिको प्रतिवेदनसहितको प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुने र राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभामा रहेको बताउनुभयाे ।
उहाँले प्रक्रियागत ढिलाई भएको स्विकार्दै नामाकरणको विषय पनि एकैसाथ टुंगो लगाउनु उपयुक्त हुने सुझाव दिनुभयाे ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कट्टेलले निर्मला पन्त बलात्कार र हत्या प्रकरणले देशको शिर झुकाएको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।