कांग्रेस र एमाले मिलेर सरकार बनाओस् : राजेन्द्र लिङ्देन

 पुस ७, २०७९ बिहिबार १६:२८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गर्नुभएकाे छ । 

आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्ताे बताउनुभएको हो । उहाँले अहिलेको सरकार गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर नागरिकका काम गर्न तयार रहेको बताउनुभयो । उहाँले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ स्थिरताका लागि । नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ । हामी सरकारमा जान अकारण समर्थन गर्दैनाैँ । सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ ।’

अध्यक्ष लिङ्देनले सुशासन, सेवा प्रवाहका हिसाबले आउने सरकारले फरक ढङ्गले काम गरेमात्रै आफ्नो समर्थन रहने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया