भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्छु : सांसद भण्डारी

 पुस ७, २०७९ बिहिबार १६:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको छ ।

आज बिहीवार सङ्घीय संसद् भवन परिसरमा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भण्डारीले आउँदाे पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नयाँ सांसदहरूले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति कानुनहरू कडा बनाउन भूमिका खेल्नुपर्छ ।’

सांंसद भण्डारीले विदेशमा रहेका युवालाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताउनुभयो । देशको अर्थतन्त्र सबल बनाउन नीतिगतरूपमा सुधार गर्ने भूमिका खेल्ने पनि उहाँकाे भनाइ छ । 

सांसद भण्डारीले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजीकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताउनुभयो । उहाँले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या नीतिगतरूपमा समाधानका लागि आवाज उठाउने उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया