रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनुहुनेछ ।
खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए । तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित हुनुभएको थियो ।
शपथ लिन बाँकी रहेका मध्ये आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पतालमा हुनुहुन्छ । उहाँहरुले आफ्नो अनुकूलतामा शपथ लिने सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । अस्ति बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले राष्ट्रपतिबाट शपथ लिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।