सीके राउतलगायतले मधेशी भाषामा शपथ लिएपछि संसद् सचिवालयलाई स्पष्टीकरण

 पुष ८, २०७९ शुक्रबार १३:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेशी आयोगले डा. चन्द्रकान्त (सीके) राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी सङ्घीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ |

हिजाे बिहीवार संसद् भवनमा सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको 'मधेशी भाषा' मा शपथ लिएको भन्दै आयोगमा उजुरी परेकाे थियाे । ती उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको तथा त्याे भाषामा शपथ लिन संसद् सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डङ्गोलले स्पष्टरूपमा जानकारी गराउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएकाे छ । 

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिकरूपमा सूचीकृत नरहेको र त्याे भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया