'सिरियल किलर' चार्ल्स शोभराज थुनामुक्त, कहिल्यै नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

 पुष ८, २०७९ शुक्रबार १३:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – 'सिरियल किलर' का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराले शाेभराजलाई जेलमुक्त गरी अध्यागमन विभाग पठाएको छ । अब शाेभराजलाई विभागबाट फ्रान्स पठाउन लागिएको छ । अब कहिल्यै पनि नेपाल आउन नपाउने गरी शाेभराजलाई फ्रान्स पठाउन लागेको विभागले जनाएको छ । शोभराजले भने १० दिन गङ्गालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

गएको बुधवार सर्वोच्च अदालतले उमेरका कारण शाेभराजको बाँकी कैद सजाय मिनाहा गरेर रिहा गर्न आदेश दिएको थियो । २०३२ साल पुस ६ गते अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि भाग्दै आएका शाेभराजलाई २०६० साल असोज २ गते काठमाण्डाैकाे एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत काठमाण्डाैले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

चार वर्षअघि नै ७४ वर्ष पुगेका शोभराजले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै पटक–पटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए । तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया