काठमाण्डौको दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते

 पुस १०, २०७९ आइतबार ८:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ ।

वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया