नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

 पुस ११, २०७९ सोमबार ६:३७:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेकाे चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साेमवार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ । 

नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत् बधाई दिनुभएको हो। 

दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत् ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’  भन्नुभएकाे छ । 

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया