आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी

 पुस ११, २०७९ सोमबार ७:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर : रासस

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिनुभएको थियो । यसपटक पनि उहाँले अर्थमन्त्री पाउने सम्भावना छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया