माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने, मन्त्रालय टुङ्गो लाग्न बाँकी

 पुस ११, २०७९ सोमबार १०:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) का तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ । पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताउनु भयो । उहाँले कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताउनु भयो । उपाध्यक्ष महराले बैठकमा  समसामयिक परिस्थितिको पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हिजाे १२ बजेसम्म प्रयास गरिरहेका थियाैँ । त्यो बेलासम्म पनि हामीलाई पहिला अवसर नदिने भएपछि हामी अर्को गठबन्धन बनाएका हौँ । राष्ट्रपति पनि नदिने र प्रधानमन्त्री पनि नदिने भनेपछि हामी अर्को वकल्पमा गएका हौँ । अर्कोतिर समझदारी भएर प्रधानमन्त्री हामीले प्राप्त गर्यौं । हामीले धैर्यताका साथ कुरेका थियौँ तर अडान नछोडेपछि हामीले विकल्प खोजेका छौँ । यसमा कुनै अनौठो मान्नुपर्दैन । आज ४ बजेको शपथपछि सानो मन्त्रिपरिषद् बन्छ । हाम्रो पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री बन्नुहुन्छ ।’

उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण पछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया