पाकिस्तानका प्रधानमन्त्री शहबाजद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

 पुस ११, २०७९ सोमबार १३:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएकाे छ । शरीफले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सफल कार्यकालका लागि शुभकामना दिनुभएकाे हाे । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । शरीफले ट्विटरमार्फत् प्रचण्डकाे यस कार्यकालमा नेपाल र पाकिस्तानबीचकाे द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएकाे छ । '

'क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध छ । हाम्रो द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु' उहाँले  भन्नुभएको छ ।

 

प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र माेदी, नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन तथा भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई तथा शुभकामना दिनुभएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया