सत्ता गुम्दैमा शक्ति गुमेको छैन, एकजुट भएर फेरि उठ्नेछौँ : शेखर कोइराला

 पुष ११, २०७९ सोमबार १९:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गुम्दैमा शक्ति नगुमेको भन्दै धैर्य गर्न नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

आज साेमवार एक अपिल जारी गर्दै कोइरालाले कांग्रेसकै नेतृत्वको गल्ती र माओवादीको अस्थिर तथा अराजनीतिक कदमको कारण कांग्रेसले धोका पाएको बताउनुभएको हो । उहाँले प्रचण्डलाई बधाई दिँदै संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने उल्लेख गर्नुभएको छ । 

‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीररूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु’, कोइरालाले भन्नुभएको छ । 

कोइरालाले थप्नुभएको छ, ‘गठबन्धनको प्रकरणमा कैयन् कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ । विगत एक वर्षदेखि अझ खासगरी कांग्रेसको चौधाैँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन घटना घट्यो । यो निःसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ । कांग्रेस संसद्को सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य पार्टनर नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एक पटक उदाएकाे बीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।’

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया