महान्यायाधिवक्तामा डा. दिनमणि पाेखरेल सिफारिस

 पुष १२, २०७९ मंगलबार १४:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । 

अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्यान्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुन विज्ञका रूपमा काम गर्नुभएको थियो ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती हुनुहुन्थ्यो । उहाँले हिजाे सोमवार पदबाट राजीनामा दिनुभएको थियो ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया