गृहमन्त्री रवि लामिछानेको संसद् सदस्य योग्यताबारेको सुनुवाइ पुस २२ गते

 पुस १२, २०७९ मंगलबार १४:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे आउँदो पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको थियो । गएको ६ गते नै निर्णय भए पनि आज मङ्गलवारमात्रै आदेशको प्रमाणित कपी आएकाे हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत हुनुहुन्छ ।

पुस २२ गते लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने निर्णय गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । लामिछाने हिजो साेमवार उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदमा नियुक्त हुनुभएको छ । रविराज बसौला र अधिवक्ता युवराज पाैडेलले छुट्टाछुट्टै रिट दायर गरी लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा रास्वपाका सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गर्नुभएको थियो ।

बसौला र भट्टराईले प्रतिनिधि सभा सदस्यका रूपमा शपथ लिन रोक्ने आदेशसमेत माग गर्नुभएको थियो । तर सर्वोच्चले यसअघि अन्तरिम आदेश नदिएका कारण लामिछानेले सांसद पदको शपथ लिएर मन्त्री भइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया