जसपा संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन

 पुष १३, २०७९ बुधबार १३:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवाद पार्टी (जसपा) काे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएकाे छ । 

आज बुधवार यादवलाई संसदीय दलकाे नेतामा सर्वसम्मतरूपमा चयन गरिएकाे पार्टीले जनाएकाे छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ । 

यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएकाे थियाे । तर अन्तिम समयमा सहमतिमै दलकाे नेता चयन गरिएकाे हाे । दलकाे नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवकाे दाबी रहेकाे थियाे । 

नवनिर्वाचित संसदीय दलका नेता यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभयाे । दलको नेतामा निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टीको एजेन्डा दृष्टिकोण
र विचारलाई संसदमा सशक्त ढङ्गले उठाउने बताउनुभएको हो ।

यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया