पुस १० गतेकाे घटनालाई कांग्रेसीहरूले सामान्यरूपमा लिन मिल्दैन : सहमहामन्त्री परियार

 पुष १३, २०७९ बुधबार १५:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई कांग्रेसीहरूले सामान्यरूपमा लिन नमिल्ने बताउनुभएको छ । 

आज बुधवार कांग्रेस संस्थापन इतरपक्षको भेटघाटका क्रममा सहमहामन्त्री परियारले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्त्विक असर परेको बताउनुभयो । राजनीतिकरूपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गित बनाएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पुस १० गतेको घटनाले राजनीतिकरूपमा सिङ्गो देशलाई तरङ्गित बनाएको छ । नागरिकको भरोसा र विश्वासलाई कांग्रेसले नेतृत्व दिन सकेन । केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ ।’

पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टी पङ्क्तिमा निराशा छाएको कुराले नागरिकमा पनि निराशा छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बताउनुभयो । पार्टी पङ्क्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भए पनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने उहाँको भनाइ छ । 

कांग्रेस संस्थापन इतर पक्षको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला लगायतका नेताको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया