कर्णालीमा माओवादी संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

 पुष १३, २०७९ बुधबार १५:२४:३३ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बुधवार बसेको बैठकले शर्मालाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । 

अध्यक्ष केसीले भन्नुभयो, ‘दल नेतामा कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत् छलफलपछि शर्मालाई सर्वसम्मतरूपमा दलको नेता बनाइएको हो ।’ 

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसक्नुभएका उहाँले पार्टीको जिल्ला इन्चार्ज, प्रदेश अध्यक्ष हुँदै अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया