पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभएकाे छ ।
यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाकाे घरमा सर्नुभएकाे थियाे । बूढानीलकण्ठमा रहेकाे निजी निवास अहिले मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा रहेकाे भाडाको घरमा सर्नुभएको हाे ।